८ महिनामा सेयर लगानीकर्ताले तिरे १२ अर्बभन्दा बढी पुँजीगत लाभकर, फागुनमा मात्रै १ अर्ब ३३ करोड संकलन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ४ गते
८ महिनामा सेयर लगानीकर्ताले तिरे १२ अर्बभन्दा बढी पुँजीगत लाभकर, फागुनमा मात्रै १ अर्ब ३३ करोड संकलन

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा सेयर लगानीकर्ताबाट १२ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ। साउनदेखि फागुनसम्मको अवधिमा लगानीकर्ताले १२ अर्ब १६ करोड रुपैयाँ कर तिरेका छन्।

फागुन महिनामा मात्रै १ अर्ब ३३ करोड २ लाख ३७ हजार ५८ रुपैयाँ ९४ पैसा बराबरको पुँजीगत लाभकर संकलन भएको छ। सो अवधिमा व्यक्तिगत अल्पकालीन लाभकर ८१ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने व्यक्तिगत दीर्घकालीन लाभकर ३६ करोड ३८ लाख रुपैयाँ रहेको छ। कर्पोरेट लाभकर १४ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरहरूले तिरेको लाभकर २४ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

महिनावार संकलित पुँजीगत लाभकर हेर्दा, साउनमा सबैभन्दा धेरै ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ संकलन भएको थियो। त्यसपछि भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ, असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ, कार्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ, मङ्सिरमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र पुसमा ५८ करोड ७ लाख रुपैयाँ संकलन भएको थियो। माघ महिनामा लाभकर बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो भने फागुनमा १ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स