चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३३.९५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, पुससम्म बैंकहरुले कुल १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ सेयर धितो कर्जा दिएको छन्। अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यो कर्जा १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ थियो।
विशेषगरी, १ करोड रुपैयाँभन्दा माथिको कर्जा १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पुससम्म १ करोड रुपैयाँभन्दा माथिको कर्जा ७५ अर्ब ४४ करोड २४ लाख रहेको थियो।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ३८ करोड २० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको कर्जा ८ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ गएको छ।
अघिल्लो वर्ष पुससम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको कर्जा १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको कर्जा ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ गएको थियो।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया