जेलमा रवि लामिछानेलाई औषधि नदिइ दबाब दिएको भन्दै शाहीले सदनमा जवाफ माग्ने चेतावनी दिए

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २२ गते
जेलमा रवि लामिछानेलाई औषधि नदिइ दबाब दिएको भन्दै शाहीले सदनमा जवाफ माग्ने चेतावनी दिए

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले कानुनी राज्यको पालना गर्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै लामिछानेको अधिकारको संरक्षण गर्न आग्रह गरे।

शाहीले पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर हिरासतमा रहेका लामिछानेसँग भेट गरेका थिए। उनले चितवनबाट पोखरा ल्याउने क्रममा औषधि नदिइ दबाब दिएको आरोप लगाउँदै यसबारे सडक र सदनमा जवाफ माग्ने चेतावनी दिए।

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई कानुन व्यवसायीसँग आफ्नो अभिव्यक्ति राख्न पाउने अधिकार हुनुपर्ने उनले बताए। अधिकार कुण्ठित गर्नु मानव अधिकारको गम्भीर उल्लंघन हुने शाहीको धारणा छ।

उनले राज्य सञ्चालनकर्ताहरूलाई मानव अधिकार उल्लंघन र राज्य आतंकको सपना नदेख्न चेतावनी पनि दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स