नेपाल धितोपत्र बोर्डले दुई वटा नयाँ बन्दमुखी (क्लोज इन्डेड) सामूहिक लगानी योजना सञ्चालन गर्न अनुमति प्रदान गरेको छ।
बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेडलाई ‘सिद्धार्थ इक्विटी फण्ड २’ सञ्चालनका लागि स्वीकृति दिएको हो। १० करोड इकाई बराबरको यो योजनाको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ। यस फण्डको निष्काशन तथा बिक्री प्रबन्धन पनि सिद्धार्थ क्यापिटलले नै गर्नेछ। बोर्डले यो योजनाका लागि २०८३ वैशाख २ गते अनुमति प्रदान गरेको हो।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई ‘एलएस होराइजन १२’ नामक अर्को बन्दमुखी म्युचुअल फण्ड सञ्चालन गर्न पनि स्वीकृति दिएको छ। १२ करोड इकाई आकारको यस योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ। यस योजनाको पनि व्यवस्थापन तथा बिक्री प्रबन्धन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। उक्त योजनाको विवरण पुस्तिका प्रकाशनका लागि पनि बोर्डले वैशाख २ गते नै अनुमति दिएको हो।








![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)




![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया