सेयर बजार परिसूचक नेप्सेमा सोमबार दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएको बजार पुनः खुल्नेबित्तिकै तीव्र बढोत्तरी देखिँदा दोश्रो पटक सर्किट ब्रेक लागेको हो। दोस्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ।
सर्किट लागेर नेप्से परिसूचक १३५.७२ अंकले अंकले बढेर २८४८.२२ अङ्कको विन्दुमा पुगेको छ।
सर्किट ब्रेक कसरी लाग्छ?
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया