इन्भेष्टमेन्ट कम्पनीहरुलाई सेबोनको कडाइ

इन्भेष्टमेन्ट कम्पनीहरुलाई सेबोनको कडाइ

नेपाल धितोपत्र बोर्डले लगानी(इन्भेष्टमेन्ट) कम्पनीहरूप्रति कडाइ गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ। बोर्डले यसअघि कायम रहेको नीतिगत व्यवस्था परिमार्जन गर्दै नयाँ प्रावधान सार्वजनिक गरेको हो।

धितोपत्र बोर्डका अनुसार, अब कुनै पनि संगठित संस्था वा लगानी कम्पनीले धितोपत्र बजारमा आइपिओ ल्याउनका लागि ८ वटा सशक्त मापदण्ड पूरा गर्नुपर्नेछ।

यस्ता छन् ८ वटा मापदण्डहरु:

  • संगठित संस्था/लगानी कम्पनी कम्तीमा विगत ३ वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्ने।
  • संगठित संस्था/लगानी कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने।
  • संगठित संस्था/लगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने। तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्कासनमा मात्र योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न सक्ने।
  • संगठित संस्था/लगानी कम्पनी ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने।
  • संगठित संस्था/लगानी कम्पनीले न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने।
  • संगठित संस्था/लगानी कम्पनीको चुक्तापुँजी कम्तीमा रु. ५० करोड हुनुपर्ने।
  • नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको संगठित संस्था÷लगानी कम्पनी हुनुपर्ने।
  • वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स