४१ करोड ६० लाख बराबरको आइपीओ जारी गर्दै संयुक्त उर्जा, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १९ गते
४१ करोड ६० लाख बराबरको आइपीओ जारी गर्दै संयुक्त उर्जा, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ४१ लाख ६० हजार कित्ता सेयर जारी गर्ने योजना बनाएको छ। यसमार्फत रु. ४१ करोड ६० लाख बराबरको पूँजी संकलन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्।

संयुक्त उर्जाले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ मा अवस्थित २१.३ मेगावाट क्षमताको ‘ठूलो खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स