सान्भी इनर्जीको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
सान्भी इनर्जीको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बाँडफाँट प्रक्रिया कम्पनीको कार्यालय, लेखनाथ मार्ग, ठमेल काठमाडौंमा सम्पन्न भएको हो।

सान्भी इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर आईपीओमार्फत निष्काशन गरेको थियो। उक्त आईपीओमा २० लाख ४३ हजार २४९ जना आवेदकले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये ३ हजार ६७४ आवेदन रद्द भई २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएका हुन्।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। यस प्रक्रियामार्फत कुल २ लाख ४१ हजार ५३० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने आइपीओ नतिजा?

सान्भि इनर्जीको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:

1. नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड – | Nepal SBI Merchant Banking Limited

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np

3. मेरो सेयर एकाउन्ट बाट –Mero Share

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स