भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सान्भि इनर्जी, कति कित्तासम्म दिन सकिने आवेदन?



Advertisement
Ads

सान्भि इनर्जी लिमिटेडले भोली (जेठ ९) गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रति कित्ता १०० रुपैयाँको दरमा कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएको हो।

यसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँड गरिसकेको छ।


Advertisement

अब बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ।

सान्भि इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर