सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा असोज २९ गते गर्ने भएको छ। भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनीले यस वर्ष लाभांश सम्बन्धित कुनै प्रस्ताव पेश गरेको छैन। सभामा सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय अवस्था, नाफा–नोक्सान, नगद प्रवाह विवरण र अनुसूचीमाथि छलफल गरी अनुमोदन गरिनेछ।
साथै, लेखापरीक्षण समितिको सिफारिसअनुसार आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ।साधारण सभाका लागि कम्पनीले असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ, जसअनुसार असोज ९ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा सहभागी हुन सक्नेछन्।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया