SHAREHUB SHAREHUB

सानिमा बैंकले कमायो साढे २ अर्ब नाफा, लाभांश क्षमता दोब्बरले बढ्यो

Advertisement Ads
सानिमा बैंकले कमायो साढे २ अर्ब नाफा, लाभांश क्षमता दोब्बरले बढ्यो
Advertisement Ads

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा सानिमा बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८.४८ प्रतिशतले बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यता, सञ्चालन नाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ६ अर्ब ६० करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २८ पैसाले ८ बढेर  १८ रुपैयाँ ९३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा रहेको छ।

चौथो त्रैमाससम्ममा सानिमा बैंकको वितरणयोग्य नाफा ९१.९४ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरले बढेर २०.४७ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको लाभांश क्षमता १०.६६ प्रतिशत थियो।

Advertisement Ads

बैंकको मूल्य–आम्दानी अनुपात १९.८० गुणा र तरलता रेसियो ३०.९४ प्रतिशत कायम छ।

खराब कर्जा अनुपात १.२९ प्रतिशतविन्दुले बढेर ३.०१ प्रतिशतमा पुगेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 11 https://bajarkochirfar.com/sanima-bank-earns-2-arba-rupees-in-profit-dividend-capacity-doubles | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स