सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा फोटो प्रसारण गरी सामाजिक सद्भावमा नकारात्मक असर पार्ने गतिविधि गरेको आरोपमा ‘पाथीभारा माता’ भनेर चिनिने समिर थापालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापालाई साउन १३ गते राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमा प्रसारित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थाप्रतिको विश्वासमा असर पुर्याउने तथा अनावश्यक विवाद उत्पन्न गराउने अवस्था देखिएको जनाएको छ।
प्रहरीले समिर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिकृया