सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।


प्रतिकृया