महिना सकिएलगत्तै तलब दिनुपर्ने, ढिला गरे ब्याज तिर्नुपर्ने कानुनी व्यवस्था गर्न रास्वपा सांसद आचार्यको माग

महिना सकिएलगत्तै तलब दिनुपर्ने, ढिला गरे ब्याज तिर्नुपर्ने कानुनी व्यवस्था गर्न रास्वपा सांसद आचार्यको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले निजी तथा संस्थागत क्षेत्रमा देखिएको तलब ढिलाइको समस्या समाधान गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिनाको अन्त्यसँगै अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै तलब ढिला भएमा ब्याजसहित भुक्तानी गर्ने कानुन लागू गर्नुपर्ने उनको भनाइ थियो ।

‘एक त थोरै पारिश्रमिक, त्यो पनि महिनौं नपाउने अवस्था । महिनाको अन्त्यसँगै अनिवार्य तलब भूक्तानी, ओभर टाइमको हिसाब, इन्टर्नलाई मर्यादित व्यवहार र तलब ढिलाई गर्दा ब्याजसहित दिनुपर्ने कडाई कानुनी व्यवस्था र अनुगमनको संयन्त्रको जोडदार माग गर्दछु’उनले भने ।

सांसद आचार्यले स्कुलदेखि मिडिया, रेष्टुरेन्टदेखि बैंकसम्म श्रमिकले आफ्नो श्रमको उचित मूल्य समयमै नपाउने समस्या व्यापक रहेको उल्लेख गरे । उनले यस्तो प्रवृत्तिले श्रमिकको सम्मान घटाएको र अर्थतन्त्रलाई समेत कमजोर बनाइरहेको बताए ।सांसद आचार्यले श्रमको सम्मान नगरेसम्म अर्थतन्त्र दिगो हुन नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स