चार महिनामा ३१.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, झन्डै ७ खर्ब भित्रियो



Advertisement
Ads

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा रेमिट्यान्स ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वृद्धि ९.४ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८२ कात्तिक महिनामा मात्र रेमिट्यान्स १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी हो।

अमेरिकी डलरमा आधारित आंकलन अनुसार, सोही अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि ८.२ प्रतिशतमा सीमित थियो। त्यस्तै, चार महिनामा खुद ट्रान्सफर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः १ लाख ४७ हजार ४७८ र ९४ हजार १०५ थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर