नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई महानगरपालिका भित्रका शाखा समायोजन वा एकीकरण गर्ने अनुमति दिने भएको छ। सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले अब बैंकहरूले नजिक–नजिक रहेका शाखा बन्द गर्न वा एक ठाउँमा समायोजन गर्न सक्ने व्यवस्था गरेको छ।
विद्युतीय भुक्तानी कारोबार तीव्र रूपमा बढिरहेको र डिजिटल सेवाको प्रयोग व्यापक भइरहेको भन्दै, महानगर क्षेत्रमा अत्याधिक शाखा विस्तार गरेका बैंकहरूलाई अब आवश्यकताअनुसार शाखा घटाउन सहज वातावरण उपलब्ध गराइएको छ।
‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया