रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ देखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज बाँडफाँड भएको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ, अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँको दरले कुल ९,२४,७६८ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर ५,३२,८८८ जनाले आवेदन दिएका थिए। यसमा १३,८४२ आवेदन रद्द भएको थियो भने ५,१९,०४६ आवेदन मात्र स्वीकृत भएको छ। स्वीकृत आवेदकमध्ये १८,४९५ जनाले ५०/५० कित्ताका दरले आईपीओ पाएका छन्। तीमध्ये १८ जनाले थप १ कित्ता गरी कुल ५१ कित्ता पाएका छन्। बाँकी सबै आवेदकको हात रित्तिएको छ।
बाँडफाँडको नतिजा अनलाइनमार्फत सार्वजनिक हुन केही समय लाग्नेछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आईपीओ नपरेका लगानीकर्ताको रकम आजै फिर्ता गरिनेछ। यसका लागि सम्बन्धित बैंकहरूलाई आज नै पत्राचार गरिनेछ र यदि कारणबस आज फिर्ता हुन नसकेमा ढिलोमा सोमबारसम्म रकम फिर्ता भइसक्ने जानकारी दिइएको छ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया