रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ देखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ, अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँको दरले कुल ९,२४,७६८ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर ५,३२,८८८ जनाले आवेदन दिएका थिए। यसमा १३,८४२ आवेदन रद्द भएको थियो भने ५,१९,०४६ आवेदन मात्र स्वीकृत भएको छ।

स्वीकृत आवेदकमध्ये १८,४९५ जनाले ५०/५० कित्ताका दरले आईपीओ पाएका छन्। तीमध्ये १८ जनाले थप १ कित्ता गरी कुल ५१ कित्ता पाएका छन्। बाँकी सबै आवेदकको हात रित्तिएको छ।

बाँडफाँडको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्नेछ।

कसरी हेर्ने आईपीओको नतिजा ?

1. ग्लोबल आइएमई क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

608927071 1180446404237914 1292256156758336995 n https://bajarkochirfar.com/reliance-spinning-mills-ipo-allotment-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स