insta insta

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड सम्पन्न

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड सम्पन्न
Advertisement Ads

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको हो।

कम्पनीले गत मंसिर २२ देखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा ३५ हजार १०२ जनाले कुल १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए, र ती सबै आवेदनहरू स्वीकृत भएका छन्।

597618229 695674573418685 5551305933457105966 n e1765863993376 https://bajarkochirfar.com/reliance-spinning-mills-ipo-allotment-completed | %tags

मागभन्दा बढी आवेदन परेको कारणले आईपीओ बाँडफाँड गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ। यसअनुसार २ हजार ३११ जना आवेदकले प्रारम्भिक रूपमा ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँड गर्दा शेष रहेको ४६ कित्ता सेयर पनि त्यही लगानीकर्ताहरूमा थप एक कित्ताका दरले बाँडफाँड  गरिएको छ।

यसरी २ हजार ३११ जनामध्ये ४६ जनाले अन्ततः ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

597499894 854842913933404 3337877656243784948 n e1765863861753 https://bajarkochirfar.com/reliance-spinning-mills-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स