रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले २०८३ वैशाख २९ गतेदेखि सामूहिक लगानी कोष (Mutual Fund) अन्तर्गत इकाई निष्काशन गर्ने भएको छ। कम्पनीले “रिलायबल समृद्धि योजना–२” नामक बन्दमुखी योजना अन्तर्गत प्रति इकाई रु. १० दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।
यस योजनामा कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस निष्काशनमा छिटोमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन खुला रहनेछ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया