राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ देखि २२ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर हिजो (असार ३२) गते बाँडफाँट गरिएको छ।
कम्पनीले जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई १ बराबर १ को अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ दरमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका ७१ हजार ६५ जना सेयरधनीलाई कुल ५४ लाख २३ हजार ८२७ कित्ता सेयर बाँडफाँट गरिएको हो।
बाँडफाँटमा नपरेको रकम भोलि (साउन २) गतेदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित सेयरधनीहरूको बैंक खातामा फिर्ता पठाइने जानकारी बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले दिएको छ।
बाँडफाँटपछि ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर बाँकी रहेको छ, जसलाई सबैले किन्न सक्ने गरी लिलामी प्रक्रियाबाट बिक्री गरिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया