राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ३८ लाखभन्दा बढी सेयरको लक–इन अवधि आगामी २०८२ साउन ८ गते समाप्त हुने भएको छ।
कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय, र कर्मचारीले धारण गरेका कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयर लक–इन अवधिमा रहेका छन्। तीमध्ये संस्थापकले धारण गरेको ३१ लाख ८६ हजार ५२८ कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ५ लाख ७५ हजार १७० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ७० हजार ९८८ कित्ता सेयर रहेका छन्।
प्रचलित नियमअनुसार, सार्वजनिक निष्काशन (आईपिओ) पश्चात ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीले सेयर बिक्री गर्न नपाउने प्रावधान अनुसार यी सेयरहरू लक–इन अवधिमा राखिएका थिए। अब लक–इन अवधि सकिएपछि उनीहरूले आफ्ना सेयरहरू बिक्री गर्न सक्नेछन्। यद्यपि, कम्पनीका सञ्चालकहरूले भने अझै पनि सेयर बिक्री गर्न नपाउने व्यवस्था यथावत् रहनेछ।




















प्रतिकृया