राजु पाण्डेले भने, “बालेन शाह नै अबको प्रधानमन्त्री हो, दायाँबायाँ गर्ने छुट कसैलाई छैन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
राजु पाण्डेले भने, “बालेन शाह नै अबको प्रधानमन्त्री हो, दायाँबायाँ गर्ने छुट कसैलाई छैन”

काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रधानमन्त्री उम्मेदवारबारे शंका नगर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सांसद पाण्डेले पार्टीको नीति विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेताहरूसँग अनुरोध गरेका हुन्।

पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमति भएको विषयमा आफूलाई जानकारी नभएको भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका थिए।

यसको जवाफमा पाण्डेले भने, “उहाँले भनेको मलाई थाहा छैन। भनेको हो भने त्यो गैर-जिम्मेवार कुरा हो। यस्तो कुरा जनता कसैले पनि सहने छैन।” उनले स्पष्ट पारे कि रास्वपा जे बोल्छ, त्यही गर्छ र पार्टीका कुनै पनि तहका नेताले दायाँबायाँ कुरा गर्ने छुट छैन।

सांसद पाण्डेले थपे, “हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हुन्। त्यसमा कुनै भ्रम हुनु हुँदैन। सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर बोल्न नदिन अनुरोध गर्छु।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स