राधी विद्युत कम्पनी लिमिटेडले चैत ३ गते बोलाएको विशेष साधारणसभा कोरम नपुगेर स्थगित भएपछि, अब चैत ११ गते पुनः सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाँउस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजे सभा बस्ने निर्णय गरेको हो। यस सभामा हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजीमा हुने वृद्धि अनुसार जारी पूँजी संशोधन र कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा सुधार गर्ने प्रस्ताव पेश गरिनेछ।
साथै, सञ्चालक समितिलाई अख्तियारी दिने, २ जना सञ्चालकको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ।
















प्रतिकृया