राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।
यस्तै, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १ः ०.६९८९ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।














प्रतिकृया