आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

सरकारले जेनजी आन्दोलनका क्रममा शाहादत प्राप्त नागरिकहरूको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र असोज १ गते शोक बिदा दिने निर्णय गरेको थियो।

आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका थिए। मंगलबार पशुपति आर्यघाटमा उनीहरूको शवयात्रा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। केही युवाको शव भने आफ्नै जिल्लामा लगिएको थियो।

शहीदहरूको सम्झनामा आज राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

546884034 4109918609273443 1467908603578976178 n https://bajarkochirfar.com/public-holiday-across-the-country-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स