SHAREHUBSHAREHUB

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
AdvertisementAds
आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू
AdvertisementAds

वैदेशिक रोजगार विभागले अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ। अनलाइन दरखास्त फारम प्राप्त भएपछि तीन दिनभित्र नयाँ प्रणाली कार्यान्वयन गरिनेछ भने केही दिनमै आवेदन दिएको दुई घण्टाभित्रै स्वीकृति दिने तयारी भइरहेको छ।

सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। वैदेशिक रोजगारीसम्बन्धी ठगी, उद्दार, अनुगमन र नियमनमा थप सक्रियता देखाउँदै विभागले साइबर सुरक्षा र एआई नीति पनि प्रणालीमा समावेश गर्ने कार्ययोजना अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स