instainsta

प्रधानमन्त्री ओली भन्छन्, “पहिले प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
प्रधानमन्त्री ओली भन्छन्, “पहिले प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन”
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशको आर्थिक अवस्था निकै नाजुक रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष

समारोहलाई सम्बोधन गर्दै उनले अघिल्लो कार्यकालमा आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटी भरिएको भए पनि अहिले भने पैसा अभावका कारण काम गर्न डराउनुपर्ने अवस्था आएको उल्लेख गरे।

ओलीले अघिल्लो कार्यकालमा आर्थिक स्रोत प्रशस्त भएकाले आफूले कुनै पनि काम गर्न संकोच नगरेको र त्यही कारण सबै स्थानीय तहमा स्वास्थ्य केन्द्रको स्थापना गर्न सफल भएको स्मरण गरे। उनले भने, “त्यतिबेला जे गर्नुपर्छ, गरौँ भन्थेँ, जे पनि बनाउँथेँ। अहिले भने पैसा छैन, ‘यो गर्छु’ भन्न पनि डर लाग्ने स्थिति छ।”

प्रधानमन्त्री ओलीले साना काममा देखिने अत्यधिक उत्साहप्रति टिप्पणी गर्दै पार्टीभित्र एक रुपैयाँ चन्दा उठाएर पार्टी अफिस बनाउने भन्ने कुरा आए पनि त्यो व्यवहारिक नभएको बताए। “एक एक रुपैयाँमा पार्टी अफिस बनाउने भनेर कुरा त उठ्यो,” उनले भने, “तर त्यो केवल भनाइ हो, वास्तविकता अर्कै हो। चन्दा उठाउने भन्ने तर दिँदैनन्। बोल्नु सजिलो हो, तर व्यवहारमा उतार्न गाह्रो हुन्छ।”

उनले चलचित्र छायांकन स्टुडियो निर्माणजस्तो दीर्घकालीन महत्वको काम अब सुरु भएकोमा खुशी व्यक्त गरे। “६० वर्ष कुर्नुपर्ने काम अब सुरु भएको छ। यसको लागि आवश्यक जमिन खोजिएको छ र बजेटसमेत विनियोजन गरिएको छ,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रधानमन्त्रीका अनुसार, आफू तीन वर्षपछि फेरि सत्तामा फर्किँदा अघिल्लो कार्यकालमा सुरु गरेका विकासका कामहरू रोकिएको अवस्थामा भेटिएका छन्। उनले अहिलेको आर्थिक संकटका कारण पहिले जस्तो आत्मविश्वासपूर्वक योजना ल्याउन सकस भएको बताए। तर उनले अर्थतन्त्र अब ओरालो लाग्ने छैन भन्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स