प्रिमियर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले पुस १८ गते बसेको बैठकमा आईपीओ निष्काशनसम्बन्धी प्रस्तावसहित अन्य विविध प्रस्तावहरू पारित गर्न माघ ११ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित एसजी टावरमा दिउँसो ३ बजे सुरु हुनेछ।
सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गर्दै यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ। साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया