प्रि ओपन सेसनमा नेप्से १९.६५ अंकले घट्यो, साढे ३ करोडको कारोबार
प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.६५ अंकले घटेर २७२४.०९ विन्दुमा आएको छ। यता सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेको छ।
यस सेसनमा १३२ कम्पनीका ४६,६११ कित्ता सेयर कारोबार हुदा ३ करोड ४६ लाख ७६ हजार ९९२ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।
१५ कम्पनीका सेयर मूल्य बढेको छ भने १०६ कम्पनीका सेयर मूल्य घटेको छ। बाँकी ११ कम्पनीका सेयर मूल्य स्थिर रहेका छन्।
गत बिहीबार नेप्से ३.१४ अंकले बढेको थियो ।