सीडीएससीबाट प्रवीण पन्दाक नेप्सेमा फिर्ता: दोहोरो ‘आइजिन’को अडानले लियो पद

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
सीडीएससीबाट प्रवीण पन्दाक नेप्सेमा फिर्ता: दोहोरो ‘आइजिन’को अडानले लियो पद

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को संचालकबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको नेप्सेको संचालक समितिको बैठकले पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

पन्दाकले सीडीएससीको नेतृत्व सम्हालेपछि ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ प्रस्ताव गर्दै संस्थापक र सर्वसाधारण सेयरलाई अनिवार्य रूपमा छुट्टाछुट्टै आइजिन दिनुपर्ने व्यवस्था अघि सारेकी थिइन्। विगतमा एउटै आइजिन हुँदा ‘लक-इन’ अवधि (बिक्री गर्न नपाइने समय) मै संस्थापक सेयरलाई सर्वसाधारणको सेयरमा मिसाएर अपारदर्शी ढङ्गले बेच्ने काम भएको भन्दै उनले दुईवटा छुट्टै आइजिनको प्रस्ताव गरेकी थिइन्। सोहिकारण उनलाई पदबाट हटाउन केहि व्यक्ति हात धोएरनै पछि लागेका थिए।

यसरी तथ्याङ्कमा गडबडी गरी सोझा लगानीकर्ता ठग्ने वित्तीय अपराध रोक्न र बजार पारदर्शी बनाउन यो कदम चालिएको उनको दाबी थियो। ३ वर्षे लक-इन अवधि सकिएपछि भने कानुनी प्रक्रिया पूरा गरेर दुवै आइजिनलाई गाभ्न सकिने व्यवस्था मस्यौदामा थियो।

Stay Updated With 1 43 https://bajarkochirfar.com/pravin-pandak-returns-to-nepse-from-cdsc-dual-ijin-stance-takes-over | %tags
यो पनि पढ्नुहोस

संस्थापक र सर्वसाधारण सेयर छुट्याउने प्रस्तावित आइजिन निर्देशिकामा के व्यवस्था छ?

तर, पन्दाकको यो प्रस्तावपछि जलविद्युत लगायतका ऊर्जा क्षेत्रका लगानीकर्ताहरूले कडा विरोध जनाएका थिए। लक-इन अवधि नसकिँदै भित्रभित्रै सेयर बेच्ने बाटो बन्द हुने भएपछि आइजिन फरक गर्दा समग्र ऊर्जा क्षेत्र नै प्रभावित हुने भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

POLITICS 11 https://bajarkochirfar.com/pravin-pandak-returns-to-nepse-from-cdsc-dual-ijin-stance-takes-over | %tags
यो पनि पढ्नुहोस

ISIN विवाद: लक-इन अघिनै लुकेर सेयर बेच्ने नपाउने भएपछि इप्पानको रोइलो

Stay Updated With 1 21 https://bajarkochirfar.com/pravin-pandak-returns-to-nepse-from-cdsc-dual-ijin-stance-takes-over | %tags
यो पनि पढ्नुहोस

पन्दाकलाई सीडीएससीबाट हटाउने प्रयास असफल, अदालतले दिएन अन्तरिम आदेश

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स