नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्था उल्ट्याउने प्रयाश नगर्न चेतावनी दिएका छन्।
समाजबादी मोर्चाको कोणसभा सम्बोधन गर्दै प्रचण्डले इतिहास उल्ट्याउने दुस्साहस नगर्न आग्रह गर्दै नेपाली जनता र राजनीतिक दलहरूको सङ्घर्षलाई कमजोर नठान्न चेतावनी दिए।
‘ज्ञानेन्द्र शाहले विगतमा धेरै गल्ती गरिसकेका छन्, जसको परिणाम उनी स्वयं भोगिरहेका छन्,’ प्रचण्डले भने, ‘अब फेरि त्यस्तै गल्ती गर्ने हो भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार!’




















प्रतिकृया