सामाजिक सञ्जाल विधेयकमाथि प्रचण्डको कडा आलोचना: नागरिकमाथि जेल र जरिवानाको तरबार झुन्ड्याइयो

सामाजिक सञ्जाल विधेयकमाथि प्रचण्डको कडा आलोचना: नागरिकमाथि जेल र जरिवानाको तरबार झुन्ड्याइयो

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक अघि बढाएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको डर देखाउने प्रयास भइरहेको बताए। नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । ’

अध्यक्ष प्रचण्डले थपे, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

प्रचण्डले सामाजिक सञ्जाल नियमनका नाममा नागरिक अधिकारमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाए।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स