instainsta

५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्दै प्रभु बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३० गते
५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्दै प्रभु बैंक
AdvertisementAds

प्रभु बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा कुल ५ करोड इकाइ अग्राधिकार सेयर निजी तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गर्ने जनाएको छ। यसमा वार्षिक ८.५० प्रतिशत लाभांश दर तोकिएको छ, जुन बैंक नाफामा रहेको वर्षमा मात्र वितरण गरिनेछ।

उक्त अग्राधिकार सेयर निष्काशनका लागि अब विशेष साधारणसभाबाट पारित हुनुका साथै नेपाल राष्ट्र बैंक लगायत नियामक निकायबाट स्वीकृति लिनुपर्नेछ। आवश्यक स्वीकृति प्राप्त भएपछि मात्र बैंकले सेयर निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स