सुमेरु पोलिमर्स लिमिटेड, नेपालमै पहिलो पटक PVC, HDPE र CPVC पाईप तथा फिटिङ्ग उत्पादन गर्ने कम्पनीले आगामी वर्ष सार्वजनिक सेयर निष्काशन गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि कम्पनीले प्रोस्पेरिटी भेञ्चर्ससँग लगानी सहजीकरण र परामर्श सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
विसं २०७४ मा पनौती, काभ्रेपलाञ्चोकमा स्थापना भएको कम्पनी हाल १० करोड चुक्ता पूँजीबाट बढेर २७ करोड पूँजी बनाउने लक्ष्यमा छ, जसको ३० प्रतिशत अर्थात ८ करोड १० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ।
पछिल्लो ३ वर्षदेखि वार्षिक २१ करोड रुपैयाँको कारोबार गर्दै आएको कम्पनीले पूँजी जुटाएपछि कारोबार ३० करोड पुर्याउने लक्ष्य राखेको छ। हाल कम्पनीको प्रति सेयर नेटवर्थ रु ११८ र आम्दानी रु ८.२४ रहेको छ भने कानुनी मापदण्ड पुरा भएमा प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने सम्भावना पनि कम्पनीले जनाएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया