SHAREHUBSHAREHUB

रगत नजम्ने वंशाणुगत समस्या ‘हिमोफिलिया’ रोगका बिरामीहरूले अब निःशुल्क औषधि पाउने

AdvertisementAds
रगत नजम्ने वंशाणुगत समस्या ‘हिमोफिलिया’ रोगका बिरामीहरूले अब निःशुल्क औषधि पाउने
AdvertisementAds

रगत नजम्ने वंशाणुगत समस्या ‘हिमोफिलिया’ रोगका बिरामीहरूले अब निःशुल्क औषधि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महँगो उपचारका कारण समस्यामा परेका बिरामीहरूको मागलाई ध्यानमा राखी औषधि उपलब्ध गराउने व्यवस्था गरेको हो।

यो जटिल वंशाणुगत रोगका लागि आवश्यक औषधि संघीय अस्पताल, प्रादेशिक अस्पताल, र अन्य सरकारी अस्पतालमार्फत निःशुल्क उपलब्ध हुनेछ। स्वास्थ्य मन्त्री पदम गिरीले भने, “विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरेर औषधि वितरण गर्ने निर्णय गरेका छौँ। यसले पीडित र सरोकारवालाहरूको मागलाई सम्बोधन गर्नेछ।”

मन्त्रालयका अनुसार औषधि वितरणका लागि राज्यकोषमा कुनै अतिरिक्त भार पर्ने छैन। नीति, योजना, तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार औषधि महासंघबाटै प्राप्त हुनेछ।

नेपालमा हालसम्म करिब ९०० जना हिमोफिलिया रोगी पहिचान भएका छन्। तर, विश्व स्वास्थ्य संगठनको अनुमानमा नेपालमा यस्ता पहिचान हुन नसकेका करिब ५,००० बिरामी हुन सक्ने सम्भावना छ। सन् २०७८ को जनगणनाअनुसार अपांगता भएका व्यक्तिमध्ये ०.८ प्रतिशतले यो समस्या भोगिरहेका हुन सक्छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स