जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
Advertisement Ads

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका थिए। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए। “हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ । विसं २०१५ पछि जनताबाट प्राप्त उत्साहसहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद र सरकारको कर्तव्य हो”, उनले भने, “म निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्याससहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ । म हरेक सांसदको विशेषाधिकारको रक्षकका रुपमा काम गर्नेछु ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Rabindra Regmi
Rabindra Regmi
6 months ago

बिगि्रएको कांग्रेस out dated अर्जुन
नेविसंघ – पंचायत राज्य मन्त्री
बहुदलिय कांग्रेस मा रजाइँ कुईएका नेता माेह राजिनामा दिऐकाे राम्रो ।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स