पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले यही पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गर्नेछ। नेपाल धितोपत्र बोर्डले गत पुस ९ गते कम्पनीलाई ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दालाई ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गरिनेछ। बाँकी १५ प्रतिशत अर्थात ५६ करोड २५ लाख रुपैयाँबराबरको ५६ लाख २५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ आवेदन बन्द गर्ने मिति आयोजना प्रभावित बासिन्दाका लागि छिटोमा माघ ९ र ढिलोमा माघ २५ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ३० र ढिलोमा माघ ९ तय गरिएको छ।
आयोजना प्रभावित बासिन्दाले नबिल बैंक (तानसेन, बर्दघाट, बुलिबटार, गैडाकोट), प्रभु बैंक (पाल्पा, बर्दघाट, परासी, बेलतारी) र सिद्धार्थ बैंक (पाल्पा, बर्दघाट, परासी) शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणपछि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी भएको सेयरपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिनेछ।








![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)




![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया