insta insta

भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (एआइजी) कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गर्ने निर्णय गरेको छ। असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।

बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।

त्यसैगरी, मन्त्रिपरिषद्ले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गरेको छ। साथै, यही असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने “Unlocking Water and Sanitation Financing Through the Heads of State Initiative” कार्यक्रममा खानेपानीमन्त्रीलाई सहभागी हुन स्वीकृति दिइएको छ।

इटालीको रोममा यही असार १३–२९ सम्म हुने एफएओको ४४औं सम्मेलन र इटाली तथा जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धन कार्यक्रमका लागि परराष्ट्रमन्त्रीलाई पनि सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।

यसैगरी, कर्जा असुली न्यायाधीकरणको पारिश्रमिक, सेवा सर्त तथा कार्यसञ्चालनसम्बन्धी व्यवस्था २०८२ स्वीकृत गरिएको छ। असार १४ गते जर्मनीको बोनमा आयोजना हुने ३६औं नेपाल डे कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको सहभागिताका लागि पनि स्वीकृति दिइएको छ।

खेलकुद क्षेत्रतर्फ, सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक विजेता २७ जना खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार तथा सम्मान दिने निर्णय गरेको छ।

त्यसैगरी, नेपाल सेनाका दुई जना महासेनानीको पदावधि थप गर्ने, एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने तथा दुई उपरथीको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Screenshot 25 6 2025 164516 drive.google.com https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-forming-an-investigation-committee-into-the-visit-visa-issue | %tags

Screenshot 25 6 2025 164524 drive.google.com https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-forming-an-investigation-committee-into-the-visit-visa-issue | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स