एनएमबि बैंक संस्थापक सेयर किन्ने मौका, आवेदन कहाँ दिने?
एनएमबि बैंकले ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १८ गते) बाट ७ दिन भित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुको लागि मात्र उक्त सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपश्चात सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।