युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारणसभा चैत २७ गते बिहान ११ बजे कालीमाटी बैंक्वेटमा आयोजना गर्नेछ। सभामा सहभागी हुन आज (चैत ७ गते) भित्र कम्पनीको सेयरधनी हुनुपर्नेछ। कम्पनीले सभाका लागि भोलि चैत ८ गतेदेखि बुक क्लोज गर्नेछ।
सभाले हकप्रद सेयर निष्काशनको प्रस्ताव संशोधन गर्दै १:१ को सट्टा १:०.६५ अनुपातमा निष्काशन गर्ने निर्णय पारित गर्नेछ। साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्काशनसम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, र चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पेश गरिनेछन्।
त्यसबाहेक, अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।
सम्पादकीय नोट: यस अघि प्रकशित हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भन्ने कुरा गलत भएकोले सच्याइएको छ। आज वार्षिक साधारण सभाका लागि बुक क्लोज हो।



















प्रतिकृया