नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज माघ १५ गते अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्दैछ। जस अनुसार माघ १७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउछन् । तर, माघ १६ गते शहिद दिवस र माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारबाट सार्वजनिक विदा दिइएको छ। त्यसैले अब आज माघ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेको इन्सुरेन्सको हकप्रद सेयर भर्न पाउनेछन्।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ। यस अनुसार, कम्पनीले १:०.२५ अनुपातमा २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। हकप्रद सेयर बिक्रीपछि नेको इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।



















प्रतिकृया