सञ्चारमन्त्रीको निर्देशन पछि एनटिसीका प्रिपेड प्याकेजमा समय थप

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
सञ्चारमन्त्रीको निर्देशन पछि एनटिसीका प्रिपेड प्याकेजमा समय थप

नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गत रहेका २८ दिन अवधिका प्याकेजलाई ३० दिनमा रूपान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। एनटिसीका अनुसार ‘कम्बो–२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट ३० दिनमा बढाइएको छ।

यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनासँगको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो। एनटिसीकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिएको र आगामी बैशाख ११ गतेसम्म सबै २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिने जानकारी दिए।

यस व्यवस्थाबाट ग्राहकले प्रत्यक्ष लाभ पाउनेछन्; अब महिनामा एकपटक मात्र रिचार्ज गर्दा पुग्नेछ, जसले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा उपलब्ध गराउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स