पछिल्ला केही दिनयता नेपाल टेलिकमका ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडी प्रयोग गरी शंकास्पद सन्देशहरू पठाइएको पाइएको छ। ती सन्देशमा अंग्रेजीमा यस्तो व्यहोरा हुने गर्दछ: “Dear valued customer, your Connect IPS account has been locked. Please verify to login and secure it” (प्रिय ग्राहक, तपाईंको कनेक्ट आईपीएस खाता बन्द गरिएको छ। कृपया लगइन गरेर आफ्नो खाता सुरक्षित गर्नुहोस्)
टेलिकमका अनुसार, सन्देशमा राखिएको लिंक खोल्दा प्रयोगकर्तालाई कनेक्ट आईपीएसको युजरनेम र पासवर्ड हाल्न लगाइन्छ। प्रयोगकर्ताले आफ्नो गोप्य विवरण भर्ने बित्तिकै ठगहरूले बैंक खातामा पहुँच बनाएर रकम चोर्ने गरेका छन्।
कम्पनीले केही शंकास्पद लिंकहरू सार्वजनिक गर्दै सर्वसाधारणलाई सचेत रहन सुझाव दिएको छ। यस्ता अपरिचित वा शंकास्पद लिंकहरूबाट आएको मेसेज खोल्नुपर्ने छैन।
नेपाल टेलिकमले थप भनाइ दिएको छ कि कुनै पनि सेवासम्बन्धी सूचना प्राप्त गर्न ग्राहकहरूले आधिकारिक ब्लु टिकसहितको फेसबुक, एक्स (Twitter) वा कम्पनीको आधिकारिक वेबसाइट मात्र हेर्नु पर्नेछ।


प्रतिकृया