राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अवकाशमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ७ गते
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अवकाशमा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएका छन्। बिहीबारदेखि लागू भएको यो निर्णय राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार भएको हो, जसअनुसार कार्यकारी निर्देशकले सात वर्षे सेवा अवधिपछि अनिवार्य अवकाश पाउँछन्।

भट्टले २०५७ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए र २०७५ कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए। तीन दशक लामो सेवाकालमा उनले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो समय जिम्मेवारी सम्हालेका थिए। त्यसबाहेक, बैंक सुपरिवेक्षण, नियमन, भुक्तानी प्रणाली र मौद्रिक व्यवस्थापन विभागमा पनि उनले काम गरेका थिए।

गत चैतमा गभर्नर महाप्रसाद अधिकारी अनिवार्य अवकाशमा गएपछि भट्ट गभर्नर पदका प्रमुख दावेदारमध्ये एक बनेका थिए। तर राजनीतिक सहमतिको अभावका कारण उनी नियुक्त हुन सकेनन्। कांग्रेसको सिफारिसमा रहेका भट्टलाई अन्ततः गभर्नर बन्ने अवसर मिलेन। त्यसपछि नियुक्त गभर्नर विश्व पौडेलको कार्यकालमा उनी गभर्नर कार्यालयका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। सात वर्षे कार्यकाल पूरा भएपछि उनी अब अनिवार्य अवकाशमा गएका हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स