अबदेखि सेयर खरिद गर्न लगानीकर्ताको बैंक खातामा पैसा हुनैपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने घोषणा गरेको हो।
‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने,’ बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, आईपीओमा आवेदन दिँदा पनि रकम तुरुन्तै रोक्का गरिने भएको छ। आवेदन दर्ता भएपछि बैंक तथा वित्तीय संस्थाले सीडीएससीको प्रणालीमार्फत रकम रोक्का गर्नेछन्, जुन बाँडफाँडपछि मात्रै फुकुवा हुनेछ।
बोर्डले यस प्रणालीमार्फत बजारमा पारदर्शिता बढाउने, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने र जनविश्वास बलियो बनाउने जनाएको छ।
साथै, सार्वजनिक निष्काशनबाट उठेको रकम तोकिएको उद्देश्यमा खर्च गरिएको छ कि छैन भनेर अनुगमन गर्ने र सेयर दलालहरूले लगानीकर्ताको आदेश पालना गरेका छन् कि छैनन् भन्ने पनि जाँच गर्ने योजना बोर्डले बनाएको छ।



















प्रतिकृया