अब ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई अनलाइनबाटै कक्षा लिइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
अब ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई अनलाइनबाटै कक्षा लिइँदै

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई अब अनलाइनमार्फत सचेतना कक्षा लिन सकिने प्रविधि विकास गरिएको छ। देशभरका ट्राफिक प्रहरी युनिटहरूले भौतिक रूपमा दिँदै आएको सचेतना कक्षा अब डिजिटल माध्यमबाट सञ्चालन गरिने भएको हो।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजना हुने कार्यक्रममा अनलाइन सचेतना कक्षा औपचारिक रूपमा शुभारम्भ गर्नेछन्।

हाल मादक पदार्थ सेवन (मापसे), रातो बत्तीको उल्लङ्घन, ओभर स्पिड, र लेन क्रस जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई भौतिक रूपमा कक्षा दिइँदै आएको छ। तर, अब ‘नागरिक एप’मा आबद्ध चालकहरूले नै अनलाइनमार्फत सजिलै कक्षा लिन सक्ने व्यवस्था मिलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमणको समयमा परीक्षणका रूपमा केही समय अनलाइन कक्षा सञ्चालन गरिएको थियो, जुन अहिले स्थायी रुपमा लागू गर्ने तयारी गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स