instainsta

अब बिना बैंक स्टेटमेन्ट घरजग्गा किनबेच गर्न पाइने छैन, यस्ता छन् नयाँ व्यवस्थाहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
अब बिना बैंक स्टेटमेन्ट घरजग्गा किनबेच गर्न पाइने छैन, यस्ता छन् नयाँ व्यवस्थाहरु
AdvertisementAds

अबदेखि घरजग्गा खरिद बिक्री गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८२’ मा यो व्यवस्था गरिएको हो।

नेपाल हाल फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को ग्रे लिस्टमा परेको छ। त्यस सूचीबाट देशलाई बाहिर निकाल्न नेपाललाई दुई वर्षको समय दिइएको छ, जसअनुसार विभिन्न नियामक निकायहरूले आवश्यक कानुनी तथा प्राविधिक सुधारको काम अघि बढाएका छन्। सोही क्रममा विभागले यो निर्देशन जारी गरेको हो।

नयाँ निर्देशिकाअनुसार अब सूचक संस्थाले घरजग्गा कारोबारका बेला खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा कारोबार रकम जम्मा भएको प्रमाण समेत लिखतसँगै संलग्न गर्नुपर्नेछ। १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ। ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भने अनिवार्य रूपमा विद्युतीय भुक्तानी प्रणाली वा गुड फर पेमेन्ट चेकमार्फत मात्र गर्न पाइनेछ।

त्यस्तै, स्थानीय तहबाट प्रमाणित बैनाबट्टाको कागजात पेस गर्दा यदि त्यसमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार देखिएको छ भने त्यसको भुक्तानी खरिदकर्ताको खाताबाट बिक्रीकर्ताको खातामा विद्युतीय प्रणालीमार्फत भएको विवरण पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। सरकारको यो कदमले घरजग्गा कारोबारमा हुने अवैध रकमको लेनदेनलाई नियन्त्रण गर्ने र सम्पत्ति शुद्धीकरणविरुद्धको अभियानलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स