अब ड्राइभिङ लाइसेन्सको आवेदन देखि भुक्तानीसम्म सबै डिजिटल माध्यमबाट



Advertisement
Ads

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले लाइसेन्सको आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणाली लागु गर्ने भएको हाे । याे प्रणाली लागु भएपछि आवेदनदेखि भुक्तानीसम्मका सबै कार्य डिजिटल माध्यमबाट हुनेछ।

इडिएललाई राष्ट्रिय परिचयपत्रसँग लिङ्क गरिएको छ, जसका लागि बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लिइनेछ। मन्त्रालयका अनुसार प्रणाली लागु गर्ने सम्पूर्ण तयारी भइसकेको छ ।अबको दुई सातामा नै प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूमा इडिएल प्रणाली लागू हुनेछ । त्यसपछि भने लाइसेन्सका आवेदकहरूले सबै प्रक्रिया अनलाइनबाट गर्न सकिनेछ ।


Advertisement

यसरी, अब निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाइनमा बस्नु नपर्ने भएकाे छ । । यसअघि, यातायात व्यवस्था विभागले गर्दै आएको काम अब भने बागमती प्रदेश सरकारले गर्न लागेको हो ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर