अब भरतपुर अस्पतालमा क्यूआर कोडमार्फत स्वास्थ्य रिपोर्ट पाउन सकिने



Advertisement
Ads

भरतपुर अस्पतालले नयाँ डिजिटल सुविधा सुरु गरेको छ जसमा बिरामीहरूले क्यूआर कोड प्रयोग गरेर आफैले स्वास्थ्य रिपोर्ट लिन सक्नेछन्। अब भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले क्यूआर कोड प्रयोग गरेर आफैले स्वास्थ्य रिपोर्ट लिन सक्ने भएका छन् । अस्पतालले आजदेखि यो नयाँ डिजिटल सुविधा लागू गरेको हो ।


Advertisement

इन्जिनियर चन्द्रमणि बस्यालका अनुसार बिरामीले नमुना परीक्षणका लागि दिएको बिलमा भएको क्यूआर कोड स्क्यान गरेर रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन्। मेसिनको दुई दिनको ट्रायल सफल भएपछि सुविधा सुरु गरिएको हो मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले बताए। अस्पतालले अर्को मेसिन पनि थप खरिद गर्ने योजना बनाएको छ।


Advertisement

बिरामीहरूले अब स्वास्थ्य जाँच रिपोर्ट लिन अस्पतालमा धाउनुपर्ने छैन। मोबाइलमै स्क्यानरको माध्यमबाट पीडीएफ फर्म्याटमा रिपोर्ट डाउनलोड गर्न पनि सक्नेछन्। क्यूआर कोडमार्फत रिपोर्ट लिने सुविधा लागू भएपछि ल्याब रिपोर्ट लिने स्थानमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको छ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर